वित्तिय साक्षरता सहितको बृहत सहकारी प्रशिक्षण कार्यक्रम सम्पन्न

सदस्यसँग अन्धकारमुक्ति ः 

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्था लि ले वित्तिय साक्षरता सहितको बृहत सहकारी प्रशिक्षण कार्यक्रम सस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा होटल न्यु श्रीनगरको सभाहलमा सम्मन्न गरेको छ । कार्यक्रमका प्रमु्ख अतिथि तथा प्रशिक्षक नेपाल  वचत तथा ऋण केन्द्रिय सहकारी संघ नेप्स्कूनका सञ्चालक समिति सदस्य तथा CYC बचत तथा ऋण सहकारी सस्था लि का अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले कुनैपनि सस्थामा सुशासन,पारदर्शीता र सदस्यकेन्द्रित भएको अवस्थामा मात्र आजको यस प्रतिष्पर्धाको घडिमा सफलता प्राप्त गर्नसक्ने बताउनुभयो ।  बर्तमान अवस्थामा व्याक्तिहरुले आफ्नो आम्दानीको सहि मुल्याङ्कन नगरीकन अधिक ऋण लिएका कारण तथा अनुत्पादक क्षेत्र र  विलासिताका वस्तुहरुमा भएको खर्चका कारण सदस्यहरुको आर्थिक अवस्था विग्रनुको मुख्य कारण भएको बताउनुभयो । सदस्य सेवा र सदस्य सुरक्षाका कारण सहकारीको महत्व दिनानुदिन बढ्दै गएको  भन्दै समुदायमा केन्द्रित भई सदस्य माझ रहेका सहकारीहरुको स्थायित्व रहेको भन्दै त्यस्ता सहकारीहरुसंग ढुक्क सँग आर्थिक कारोवार गर्न आग्रह गर्नुभयो कार्यक्रममा  हाल सहकारीहरुमा देखिएका मुख्य समस्याका कारणहरुका सम्वधमा,सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको काम कर्तव्य र अधिकारको सम्वन्धमा,स्थीरीकरण कोष र संरक्षित पुजिकोष सम्वधमा तथा नियमित बचतको महत्वको सम्वधमा प्रशिक्षण गर्नुभएको  थियो । 

कार्यक्रमका अध्यक्ष सागरप्रसाद देवकोटाले सदस्यहरुलाई बचत गर्ने बानिको विकास गर्दे उहाहरुसँग भएको पुजिलाई कसरी सहि ठाउमा परिचालीत गराउदै सदस्यको सामाजिक आर्थिक जिवनस्तर परिर्वतन गराउन सकिन्छ भन्ने मु्ख्य उद्देश्यले यस कार्यक्रमको आयोजना गरीएको वताउनुभयो ।

सस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन सस्थाका सचिव ओमप्रकास वस्यालले गर्नुभएको थियो । कार्यक्रममा रामपुर नगरपालिका भित्रका ३५० जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।